एनआरएनए अष्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष सिग्देलको प्रतिवद्धता यस्ता छन्

अष्ट्रेलिया, गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाका नव निर्वाचित अध्यक्षले अष्ट्रेलियामा रहेको प्रवासी नेपाली समुदायको साझा व्यक्तिको रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचित भएको दुईदिन पछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्राविधिक रूपमा नेतृत्वमा पछि परेका साथिहरुलाई समेत एनआरएनका गतिविधिमा समेट्ने बताएका हुन् । उनले पराजय व्यहोरेकाहरूलाई पनि  एनआरएनए अस्ट्रेलियाको कार्य समितिसँग हातेमालो गर्दै अगाडी बढ्न अनुरोध समेत गरेका छन् ।

उनले निर्वाचनमा आफूलाई मतदान गर्नेहरूप्रति कृतज्ञता व्यक्त गर्दै अगाडि लेखेका छन्, ‘शब्दमा ब्यक्त गर्न नसक्ने खुसी, जिम्मेवारी र यहाँहरुले दिनु भएको विश्वास र मायालाई सिरोपर गर्नेछु । म र मेरो टीमलाई यति धेरै विश्वास गरेर यहाँहरु सबैले आगामी दुइ वर्षको कार्यकाल हाँक्ने जिम्मेवारी दिनु भयो त्यसको लागि म तपाईंहरू सबैलाई हृदय देखि धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै उनले सुरुको दिन देखिका बाचा अनुरूप र आफ्नो घोषणा पत्रमा प्रतिवद्धता जनाए अनुसार आगामी दुई वर्ष सबैले महशुस गर्न सक्नेगरि एनआरएन अस्ट्रेलियालाई नयाँ उचाईमा पुर्याउन कुनै कसर बाँकि नराख्ने समेत बताएका छन्।  ‘प्रजातान्त्रिक प्रकृया अनुसरण गर्दै गर्दा हामी केही समयको लागि बाँडियौँ आजकै दिनबाट म तपार्इंहरू सबैको प्रतिनिधि हुँ’ हामी बिचका तिक्तताहरू केही थिए भनेपनि त्यसलाई हामी सबैले बिर्सनु पर्दछ र त्यसको पहिलो सुरुवात म आफैँबाट सुरु गरेको घोषणा समेत गर्दछु’ उनले स्ट्याटसमा लेखेका छन् ।

त्यस्तै उनले नेतृत्व छनोटको प्रक्रियामा मेरा मित्र एनआरएनए अष्ट्रेलियाका अध्यक्षका प्रत्यासी भरत पोखरेल र उनको टीमले गरेकोे सम्पूर्ण प्रजातान्त्रिक अभ्यासको सराहना समेत गरेका छन् ।  त्यस्तै उनले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने एनआरएनएका अग्रजहरू, निर्वाचन समितिलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।
हेर्नुहोस् स्ट्याटसः
surendra

सम्बन्धित शिर्षकहरु