चितवनमा एक सय उन्नाइस जनामा डेङ्गु

chitwanअसार २२ । चितवन, चितवनमा यो आर्थिक वर्षको अहिलेसम्म ११९ जनामा डेङ्गु लागेको पुष्टि भएको छ ।

कुल एक हजार ६७८ को नमुना परीक्षणमा ११९ लाई डेङ्गु रोग लागेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले मंगलबार जानकारी दिए।

उहाँका अनुसार वर्षा लागेपछि डेङ्गुका बिरामी बढ्ने गरेकाले चेतनामूलक कार्यक्रम सुरु गर्न लागिएको हो । प्राविधिकलाई प्रशिक्षण सम्पन्न भइसकेको र आजबाट भरतपुर क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गर्न लागिएको केसीले बताए । आजदेखि तीन दिनसम्म अभियान चलाइने छ ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने भएकाले यस्ता खाली भाँडामा पानी राख्न नहुने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैका लागि चेतना दिन र पानीमा रहेका लार्भा तथा प्युपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न लागिएको केसीले बताउनुभयो । गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ । जसबाट लामखुट्टेको विकास भई सङ्क्रमित मानिसबाट स्वस्थ मानिसमा रोग सार्ने गर्दछ ।

चितवनमा २०६७÷६८ सालमा डेङ्गुको माहामारी फैलँदा पाँचजनाले ज्यान गुमाएका थिए । विसं २०६९ थप एकको मृत्यु भएको थियो । त्यसपछि जिल्लामा हरेक वर्ष सयौँ मानिस डेङ्गुबाट प्रभावित हुँदै आएका छन् । यो रोगबाट बच्न लामुखुट्टेबाट जोगिनुपर्ने चिकित्सकले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु