निर्वाचन भव्यतापूर्वक सम्पन्न

होम पाण्डे, इलेक्सन कम्स्निर, न्यू साउथवेल्स स्टेट

निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । अष्ट्रेलियामा रहनु भएका नेपाली समूदायहरूको उत्साहबाट हामी प्रभावित पनि भएका छौँ । एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा विहान देखि वेलुकासम्म लाइनमा बसेर उहाँहरूले मत हाल्नु भएको छ । त्यस्तै स्वयम्सेवकहरूले पनि दिनरात नभनी आफ्नो जिम्माको काम कुशलतापूर्वक सम्पन्न गर्नुभएको छ । न्यू साउथवेल्सको निर्वाचनलाई भव्यतापूर्वक सफल पार्नका लागि लागि पर्नु भएका मतदाता, उम्मेदवारहरू सवैप्रति निर्वाचन समिति धन्यवाद पनि दिन चाहन्छ । न्यू साउथवेल्समा करिव ५५मत खसेको छ । मतदान प्रक्रिया समाप्त भएसँगै मत गणना पनि सुरू भइसकेको छ । छिट्टै मतपरिणाम पनि आउँछ ।

इलेक्ट्रोनिक मतदानमा केही स्वभाविक कमजोरीः

हामीले पहिलो पटक विद्युतीय मतदान पद्यती अपनाएका थियौँ । स्वभाविक हिसावले केही त्रुटीहरू र कमजोरीहरू देखा पर्यो । मतदाताहरू विहान कम, दिउँसो बढी आएकाले तथा कतिपय समूहमा सँगै आएकाले पनि व्यवस्था गरिएका कम्प्यूटरहरूले धान्न नसकेको हो । त्यसलाई अन्यथा लिनु हुँदैन । अर्को हामीले कम खर्चमा निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएका थियौँ । त्यसको कारण थियो नेपालको विनासकारी भूकम्प । निर्वाचनको खर्च कटौती गर्न सकियो भने भूकम्पबाट तहस नहस बनेको मुलुक निर्माणमा सहयोग पुग्छ भन्ने अभिप्रायले पनि खर्च कम गरेका हौँ । त्यस्तै यो स्वयम्सेवी संस्था हो । निर्वाचन सम्पन्न गराउनका लागि उम्मेदवाहरूको शुल्क बाहेक अरू त्यस्तो आम्दानीको स्रोत थिएन । सिमित स्रोतमा हामीले व्यवस्थित निर्वाचन गराउन सक्यौँ ।

निर्वाचनमा १० हजार डलर खर्च:

न्यू साउथवेल्समा निर्वाचन सम्पन्न गराउन १० हजार डलर खर्च भएको अनुमान गरिएको छ । हामीले अत्यावश्यक बाहेक अन्य शिर्षकमा खर्च गरेनौँ । मितव्यीता अपनायौँ । त्यसरी मितव्यीता अपनाउँदा मतदाता महानुभावहरूमा असुविधा पनि पुग्यो । यसप्रति हामी दुःखि छौँ । तर, यहाँहरूको उत्साह एनआरएनको पुँजि हो । त्यसप्रति हामी नतमस्तक छौँ । आगामी दिनमा यहाँहरूले एनआरएनएलाई यसैगरी सघाउनुहुनेछ भन्नेमा विश्वास पनि लिएका छौँ ।

सम्बन्धित शिर्षकहरु