एनआरएनए अष्ट्रेलियाएको निर्वाचन सम्पन्न, मतगणना सुरू

सिड्नी, एनआरएनए अष्ट्रेलियाको निर्वाचन कार्यक्रम अन्र्तगत मतदान सकिएको छ । केही बेर अघि मतदान सकिएको हो । पाँच वटा स्टेटमा साँझ ६ बजेनै मतदान सकिएको भए पनि ग्रानभिलमा भने साँझ आठ बजे मात्रै सकिएको थियो । निर्वाचन अधिकारीहरूका अनुसार ग्रानभिलमा दुई हजार एक सय ५० मत खसेको छ । त्यहाँ कुल मददाता संख्या तीन हजार तीन सय ६३ थियो । त्यसै गरी तीन सय ८३ मतदाता भएको एडेलेडमा तीन सय ३३ मत खसेको छ ।

यता पाँचसय ७७ मतदाता रहेको मेलबर्नमा तीन सय सत्तरी मत खसेको निर्वाचन समितिले बताएको छ ।

मतदान सकिएपछि केही औपचारिक प्रक्रिया पुरा गरी मतगणना सुरू भएको छ । मतदानको अन्तिम परिणाम केही बेरमा प्रकाशित हुनेछ ।

सम्बन्धित शिर्षकहरु