संघीय गणतान्त्रिक संविधान बन्छ :प्रधानमन्त्री कोइराला

असार १९ । वीरगन्ज, प्रधानमन्त्री सुशील कोइरालाले मुलुक अब संघीय गणतान्त्रिक संविधान बनाउन अगाडि बढीसकेको दावी गर्दै यसमा ढुक्क हुन सबैलाई आग्रह गर्नु भएको छ । शुक्रबार वीरगन्जमा पूर्वपधानमन्त्री एवम नेपाल काग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले यस्तो आश्वासन दिनु भएको हो ।
प्रधानमन्त्री कोइरालाले असन्तुष्ट मधेसी दल र मोहन बैद्य नेतृत्वको माओबादी पार्टीसगँ संविधान मस्यौदाको बारेमा छलफल भइरहेको र यसमा सहमति पनि हुने बताउनु भयो । उहाले भन्नु भयो, ‘संघीता आउँछ,यसमा कसैले शकां नगर्नुस् ।’

उहाले शून्य भ्रष्टाचार कसरी हुने हो भनी सारा विश्वलाई देखाउने अवस्था रहेको भनेर विश्वसमुदायको विश्वास जित्न जरुरी रहेको बताउनु भयो । अब सबैको ध्यान विकासतर्फ केन्द्रित हुनु पर्ने धारणा व्यक्त गर्दै जलस्रोतलगायत प्राकृतिक स्रोतको सदुपयोगको रणनीति बनाएर मुलुकले सोचेअनुरुप विकास गर्न सक्ने धारणा उहाले व्यक्त्त गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेता स्वर्गीय गिरीजाप्रसाद कोइरालाले अगाडि बढाएको शान्ति प्रक्रियालाई अन्तिम स्वरुपमा दिन जरुरी रहेको भन्दै संविधान निर्माणमा भएको प्रगतिको श्रेय प्रधानमन्त्रीलाई दिनु भयो । नेपाली काङ्रेस वीरगन्ज नगरसमितीको अगुवाईमा वीरगन्जको छपकैयामा स्थापीत स्व. गिरीजाप्रसाद कोइरालाको पूर्णकदको सालिकको प्रधानमन्त्री कोइरालाले अनावारण गर्नु भयो ।

सम्बन्धित शिर्षकहरु