प्रदेशहरुको सीमांकन गरिनुपर्ने फोरम लोकतान्त्रिकको प्रस्ताव

असार १९ । काठमाडौं,मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले संघीयताको बिषयमा सबै दलहरुबीच गहन छलफल गरेर सहमति हुनुपर्ने धारणा राख्नु भएको छ ।संविधानसभाको शुक्रबारको बैठकमा यो पार्टीले असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने विकल्प अघि सारेको हो ।बैठकमा फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले नयाँ विकल्प अघि सार्नु भएको हो । उहाले अघि सारेको पहिलो विकल्पमा एक महिनाभित्र प्रदेशहरुको सीमांकन टुङ्गो लगाउने गरी तत्काल काम थाल्नेछ ।
यसमा सहमति नभए अन्तरिम संविधान संशोधन गर्ने उहाको दोस्रो विकल्प छ ।
संविधानको धारा ८२ मा संविधानसभाले संविधान जारी भएपछि संविधानसभा स्वत भंग हुने र रुपान्तरित संसदमा परिणत हुने उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु