एनआरएनए अष्ट्रेलियाको निर्वाचन आज

अष्ट्रेलिया, गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको निर्वाचन आज हुँदैछ । मतदान स्थानीय समय अनुसार विहान ८ः०० बजेबाट सुरू हुनेछ । मतदान केन्द्र नेपाली समूदायको बाक्लो बस्ती रहेको ठाउँहरूमा राखिएको छ । ६ वटा स्टेटमा सुरू हुने निर्वाचनमा पाँच हजार भन्दा बढी अष्ट्रेलियाबासी नेपाली समूदाय सहभागि हुँदैछन् । यद्यपी अष्ट्रेलियामा मात्रै ७० हजार भन्दा बढी नेपालीहरू रहेको बताइन्छ । अष्ट्रेलियामा स्थायी बसोबास अनुमति (पीआर) पाएकाले मात्र मतदान प्रक्रियामा सहभागि हुने भएकाले सो संख्या पाँच हजार मात्रै हुने पुगेको हो । अष्ट्रेलियामा रहेका नेपाली मध्ये धेरै विद्यार्थीहरूको बाहुल्यता छ ।

एनआरएनए अष्ट्रेलियाको आगामि नेतृत्वका लागि भरत पोखरेल र सुरेन्द्र सिग्देल चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । त्यस्तै ६ वटा स्टेटबाट दर्जनौँ उम्मेदवारहरू मैदानमा छन् । यो निर्वाचन विद्युतीय प्रक्रियाबाट हुने छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको नेशनल इलेक्सन कमिस्नर जोग लिम्बुले असनेपालन्यूजलाई जानकारी दिए । ‘मतदानको तयारी पुरा भइसकेको छ’, उनले भने ‘निर्वाचनमा मतदान गर्न मतदाताहरू पनि आतुर हुनुुहुन्छ ।’ मतदानमा बाक्लो मात्रामा स्वयम्सेवकहरू परिचालन गरिएको छ । स्वयम्सेवकहरू मतदान केन्द्रमा आउने क्रम बाक्लिइसकेको छ ।

सम्बन्धित शिर्षकहरु