सन् २००९ देखि गैर आवासीय नेपाल (एनआरएनए) अष्ट्रेलियामा सक्रिय व्यक्तिको नाम हो स्वतन्त्र प्रताप शाह । एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष तथा क्विन्सल्यान्ड राज्यको संयोजकको रूपमा कुशलतापूर्वक कार्य सम्पादन गरिसकेका शाह यहाँका नेपाली समूदायका सुख दुःखको गहिरो साथी बनेका छन् । नेपाली समुदायको सेवामा अहोरात्र खटिन रूचाउने शाहले शनिबार हुन लागेको एनआरएन अष्ट्रेलियाको सचिव पदमा उम्मेदवारी दिएका छन् । नेपाली समूदायको बृहत्तर विकासमा लागि दिलो ज्यान दिने बताउने शाहका अन्य योजना यस्ता छन्:
यसकारण सचिव पदमा मेरो उम्मेदवारीः
म एनआरएन अभियानमा दशक अघिदेखि दत्तचित्त भएर लागेको छु । ६ वर्ष अघि क्विन्सल्यान्डबाट राज्य र राष्ट्रियस्तरमा गरिएको काम कारवाहीमा सक्रिय रहँदै आएको छु । अष्ट्रेलियाबासी नेपालीहरूको सुख दुःखको भरपर्दो साथी बन्ने मेरो दृढ इच्छा छ । गैर आवासीय नेपाली संघ अष्ट्रेलियालाई बलियो बनाउने नै मेरो भित्री अठोट पनि हो ।
सम्पूण अष्ट्रेलियाबासी नेपाली दाजुभाइ दिदीबहिनीहरूको प्रेम, प्रेरणा तथा विश्वासले मलाई अष्ट्रेलियामा नेपाली समूदायको बीचमा कामको नेतृत्व गर्न बलशाली बनाएको छ । अविछिन्न रूपमा र सकेसम्म फराकिलो प्रभाव पर्ने गरी नेपालीहरूको हितमा काम गर्ने मेरो चाहना छ । अहिलेसम्म मैले गरेको कामबाट प्राप्त अनुभवले मेरो उम्मेदवारीको अर्थलाई पुष्टि गरेको छ ।
यसकारण एनआरएनलाई बलियो बनाऔँ:
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले तुलनात्मक रूपमा निकै महत्वपूर्ण काम गरिहेको छ । गएको भुकम्पमा पनि एनआरएन अष्ट्रेलियाको पहलमा ६ करोड नगद सहयोग संकलन गरी नेपाल पठाउने काम भएको छ । विराटनगरमा सन्चालनमा आउने अत्याधुनिक बृद्धाश्रममा एआरएनए अष्ट्रेलियाको अतुलनीय योगदान छ । त्यस्तै काठमाडौँमा एनआरएन हेडक्वार्टर भवनको लागि पनि एआरएनए अष्ट्रेलियाले ठुलो हिस्सा सहयोग जुटाइसकेको छ । अष्ट्रेलियाका पाँच प्रमुख सहरहरूमा नेपाल फेष्टिवल गरी विदेशी भूमीमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन प्रचार–प्रसारमा महत्वपूर्ण टेवा पुर्याएको छ । त्यसकारण संघको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्यौँ भने आगामि दिनमा नेपालको पुनःनिर्माण र नव निर्माणमा एनआरएन अष्ट्रेलिया साँझेदार बन्न सक्छ ।
मेरो ऐजेण्डाहरूः
सबैभन्दा पहिले अस्ट्रेलियावासी नेपालीहरूको सुख दु:खमा साथ दिने नै मेरो योजना हो । यो साथलाई अझ कसिलो र गहिरो बनाउँछु । अष्ट्रेलियावासी नेपालीको समृद्धिलाई देशसँग जोड्ने सेतुको भूमिका निर्वाह गर्न चाहन्छु ।
त्यसका अलावा मेरा निम्न योजना छन्ः
क) सीमापार व्यापार नेपालका लगानीकर्ताले अष्ट्रेलियामा र अष्ट्रेलियामा रहेका नेपालीले नेपालमा लगानी गर्ने वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर आपसी व्यापार प्रवद्र्धन गर्ने ।
ख) ‘एकजनाले एकजना’ पर्यटन कार्यक्रम भुकम्पले आहत देशको अर्थतन्त्रलाई सहयोग पुराउने उद्देश्यले अष्ट्रेलिया बस्ने हरेक नेपालीले कम्तिमा एकजना अष्ट्रेलियन नागरिकलाई यथासम्भव चाँडो नेपाल घुम्न प्रेरित गर्न अभियान सन्चालन गर्ने ।
ग) आन्तरिक व्यवसाय प्रवद्र्धनः अष्ट्रेलियाका विभिन्न सहरहरूमा फैलिएका नेपालीहरूद्वारा सन्चालित व्यवसायको प्रवद्र्धन गर्न राष्ट्रिय र राज्यस्तरमा विशेष पहल गर्ने ।
घ) स्टुडेन्ट हेल्प डेस्क विस्तारः राष्ट्रियस्तरमा सक्रिय स्टुडेन्ट हेल्प डेस्कलाई विस्तार गरी हरेक राज्यमा पुर्याइ नेपाली विद्यार्थीहरूलाई थप सहयोग पुर्याउन पहल गर्ने ।
त्यस्तै, भुकम्पले तहसनहस परेका नेपालको पुननिर्माणका लागि १० हजार घर निर्माण गर्नेछु । त्यसका अलावा अन्य महत्वपूर्ण कामहरूका लागि पनि मेरो पहल रहने छ ।







