मन्त्री पराजुली बिरुद्ध भ्रामक समाचार बाहिर आएको आयोजक महिलाहरुको दावी

hariअसार १६ । काठमाडौं, कृषिमन्त्री हरि पराजुलीलाई असार १५ मा धान रोपाइँमा बोलाउने कृषि समूहरुले उनका गतिविधिको बचाउ गरेका छन्। कृषि मन्त्री पराजुलीले मंगलबार मुलपानीमा आयोजना गरेको रोपाईं कार्यक्रममा महिलामाथि दुर्व्यवहार गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

मनोहरा मिश्रित कृषक समूह अध्यक्ष नर्मदा फुयाल तथा महांकाल सफल कृषक समूह अध्यक्ष पार्वती चापागाइँले बुधबार दिउसो संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुको आग्रहमा मन्त्री कार्यक्रममा सहभागी भएको उल्लेख गरेका हुन् ।

‘माननीय मन्त्री ज्यूलाई हाम्रै आग्रहमा कायक्रममा सरिक हुन अनुरोध गरेको हुँदा उहाँप्रति फैलाइएको भ्रामक समाचारको खण्डन गर्न चाहन्छु’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अबका दिनमा यस्ता कपो–कल्पित, भ्रामक र दिग्भ्रमित पार्ने खालका समाचार प्रेषित नगर्न समेत ध्यानाकर्षण गराउछौं।’

धान दिवश तथा असार १५ को अवसरमा रोपाइँ कार्यक्रममा भाग लिन पुगेका कृषिमन्त्री पराजुलीले महिलामाथि अश्लिल हर्कत गरेको तस्विर तथा भिडियो सार्वजनिक भएपछि सांसद तथा सोसल मिडियाबाट उनको राजिनामा माग भइरहेको छ।

सम्बन्धित शिर्षकहरु