गुडिरहेको रेलभित्रै आत्मदाह !

एजेन्सी,  जापानमा गुडिरहेको एक बुलेट रेलभित्र एकजना यात्रुले आफैंमाथि आगो लगाएर आत्महत्या गरेका छन् ।

कासिन्कान्सेन बुलेट रेलभित्र एकजना यात्रुले आफैंमाथि आगो लगाउँदा उनीसँगै रहेकी अर्की महिलाको समेत मृत्यु भएको छ । ती व्यक्तिले पेट्रोल छर्केर आफैंमाथि आगो लगाएका थिए । घटनामा कम्तिमा ६ जना घाइते भएका छन् ।

राजधानी टोकियोबाट ओसाका जाँदै गएको रेलमा एक हजार यात्रु चढेका थिए । अधिकारीहरुले ती व्यक्तिले आफैंमाथि किन आगो लगाए भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

जापानको बुलेट रेल विश्व मै सबैभन्दा सुरक्षित मानिन्छ । यसको ५० वर्षे इतिहासमा रेलसँग जोडिएर कुनै पनि दुर्घटना भएको छैन ।

सम्बन्धित शिर्षकहरु