असार १३ । काठमाडौ, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको राजिनामाको माग गर्दै वैदेशिक रोजगार ब्यवसायीहरु आन्दोलित बनेका छन ।
श्रम राज्यमन्त्री गुरुङले वैदेशिक रोजगार ब्यवसायीहरुको विरुद्ध निर्णयहरु गरेको भन्दै वैदेशिक रोजगार ब्यवसायीहरुले आज वैदेशिक रोजगार विभाग घेराउ गरेका हुन ।ब्यवसायीहरुले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई पनि पदबाट हटाउन माग गरेका छन् ।
मन्त्री गुरुङले वैदेशिक रोजगार ब्यवसायीहरुलाई बेवास्ता गर्दै शून्य लागतमा कामदार पठाउने निर्णय गरेको उनीहरुको भनाइ छ । शून्य लागतमा मात्रै कामदार पठाउँदा कामदारको माग नआउने भएकाले यस्तो निर्णय गर्नु नहुने ब्यवसायीहरुले बताउँदै आएका छन् ।शून्य लागतको निर्णयले नेपालीहरुले रोजगारीका लागि जान नपाउने भएकाले निर्णय सच्याउनुपर्ने अन्यथा आफूहरु सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । सरकारको यो निर्णयविरुद्ध सबै राजनीतिक दल आवद्ध वैदेशिक रोजगार ब्यवसायीहरुले विरोध गरेका छन । श्रम मन्त्रालयले भने सूचना नै जारी गरी असार २१ गतेदेखि लागू हुने गरी मलेसिया र अन्य ६ खाडी मुलुकमा कामदार पठाउने निर्णय कार्यान्वयन गरिने जनाएको छ ।








