पाँचथरका ३० वटा गाविसका जनता साक्षर

असार १० ।पाँचथर,पाँचथर जिल्लामा अहिलेसम्म एक नगरपालिकासहित ३० वटा साक्षर गाविसलाई साक्षर घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालय पाँचथरका अनुसार जिल्लामा भएका १५ देखि ५९ वर्ष उमेरका १४ हजार ८०३ निरक्षरलाई अहिले साक्षर घोषणा गरिन लागिएको छ । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यही असार १२ गते १ नगरपालिकासहित ३८ वटा गाविस साक्षर गाविस घोषणा भइसक्ने जानकारी दिनु भयो । उहाँले अब धमाधम साक्षर गाविस घोषणा भइरहेको र असार १२ गते जिल्लाका सबै गाविस साक्षर घोषणा गरिसकिने बताउनु भयो । यही असार २९ गते जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने छ ।

सम्बन्धित शिर्षकहरु