तान्जानिया, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) तान्जानियाको नयाँ कार्यसमितिको अध्यक्षमा रोशन थापालाई चयन गरिएको छ । भर्खरै सम्पन्न दोस्रो अधिवेशनले थापाको अध्यक्षतामा नयाँं कार्यसमिति चयन गरेको हो ।
समितिमा उपाध्यक्ष प्रेमबहादुर गुरुङ, महासचिव पुष्पराज भट्टराई, सचिव सञ्जित थापा, कोषाध्यक्ष नवीन पण्डित छन् । कार्यसमिति सदस्यमा विष्णु लामिछाने, कृष्ण सुनार, राम चौधरी, विरु रायमाझी, गंगे दमाई, सल्लाहकारमा शिव अर्याल चयन भएको एनआरएनए एनसीसी तान्जानियाले जनाएको छ ।
अधिवेशनले युवा संयोजकमा दीपक लामिछाने, महिला संयोजक तारा खनाललाई चयन गरेको छ । आइसीसी सदस्यमा भने सर्वेश जोशी चयन भएका छन् ।आइसीसी प्रतिनिधिमा रमेश पौडेल, विकास अधिकारी र बसन्त उप्रेती चयन भएको जानकारी परिषद्का निर्वतमान महासचिव सर्वेश जोशीले दिए । नेपालीहरुको कम गतिविधि हुने तान्जानियामा नेपालीलाई एकजुट बनाएर नेपालमा विभिन्न सहयोगका कार्यक्रमहरु सञ्चालन गर्ने संघले जनाएको छ ।
अधिवेशन लगत्तै बसेको नयाँं कार्यसमितिको बैठकले देशमा उत्पन्न अप्ठ्यारो अवस्थामा सक्दो सहयोग गर्ने र सृजनात्मक अभियानमा सहभागी हुने निर्णय गरेको छ ।
अफ्रिकी मूलुक तान्जानियामा बस्ने नेपालीहरुको आइतबारको वृहत भेलामा अफि्रकी मूलुकमा नेपालीहरुले भोगेका समस्याका बारेमासमेत छलफल भएको थियो ।








