असार ७ । काठमाडौँ, उद्योग मन्त्री महेश बस्नेत र गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेबीच भूकम्पपछिको पुनर्निर्माणका विषयमा छलफल भएको छ । उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री बस्नेतले मुलुकको विकास निर्माणमा एनआरएनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
अध्यक्ष घलेले भूकम्पपछिको पुनर्निर्माणमा एनआरएनल र व्यक्तिगतरुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
सरकारले घलेलाइ विश्वभरका संघसंस्थासँग सहकार्य गर्न विशेषदूत नियुक्त गरेको छ ।








