२ सयका लागि हत्या

असार ७ । काठमाडौँ,  दुई सय रूपैयाँका लागि स्याङजाको श्रीकृष्णगण्डकी गाविस–८ मा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षिय नविन विक छन् ।

उनका २२ वर्षीय दाजु अर्जुन विकको शव गत शुक्रबार घाँटीमा नीलडाम भएको शंकास्पद अवस्थामा फेला परेको थियो । मादकपदार्थ सेवन गरेका दाजुभाइबीच दुई सय रूपैयाँका लागि झगडा भएको र माग्दा अर्जुनले नदिएपछि नविनले प्लाष्टिकको डोरीले घाँटीमा बेरी हत्या गरेको खुल्न आएको डीएसपी राजकुमार बैदवारले बताएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु