अमेरिकामा हत्या गरिएकी समिरा सिवाकोटीकोको हत्यारा पक्राउ

अमेरिका,केही दिन अघि अमेरिकामा हत्या गरिएकी समिरा सिवाकोटीको हत्यारालाई अमेरिकन प्रहरीले पक्राउ गरेको छ । हत्या लगायत विभिन्न चोरीमा संलग्न डियोन दिवान किंगस्टोनलाई कोलोनी पुलिस डिपार्टमेन्टले पक्राउ गरेको हो । शनिबार हत्याराका बारेमा प्रहरीले सम्पूर्ण विवरण सार्बजनिक गरेको थियाे ।समिराको परिवारले संचालन गर्दै आएको र्रयापिडो स्टोर लुटेपछि हत्याराले गोली चलाएको थियो । यसबाट दुई नाबालक छोरीको आमा समिराको मृत्‍यु भएको थियो । समिराको परिवारलाई शुक्रबार साझँ नै हत्यारा पक्राउ परेको जानकारी दिइएको थियो ।

सम्बन्धित शिर्षकहरु