काठमाडौको भ्यालीभ्यूका दीक्षित पौडेल नेपाल टप भएको दावी

असार ५ काठमाडौँ । राजधानीको मध्य बानेश्वरस्थित भ्याली भ्यू उच्च माविका दीक्षित पौडेलले एसएलसी परीक्षामा ९४ प्रतिशत अंक प्राप्त गरेका छन् । ८ सय पूर्णाकमा उनले सात सय ५२ अंक ल्याएका छन् । विद्यालयले दीक्षित देशभरकै प्रथम भएको विद्यालयको दाबी छ ।

उनले अनिवार्य कम्प्यूटर विज्ञानमा एक सय अंक प्राप्त गरेका छन् भने ऐच्छिक गणितमा ९९ अंक प्राप्त गरेका छन् ।

यस्तै, गणित र विज्ञानमा ९८, अंग्रेजीमा ९५, नेपालीमा ८६, सामाजिकमा ८३, स्वास्थ्य जनसंख्या तथा वातावरणमा ९३ अंक प्राप्त गरेका छन् । दीक्षितका बाबु पनि प्राध्यापन पेशामा छन् । उनले त्रिचन्द्र कलेजमा केमेष्टी विषय पढाउँछन् ।

सम्बन्धित शिर्षकहरु