चर्च भित्र पसेर ९ जनाको हत्या गर्ने अमेरिकन युवक पक्राउ

असार ४ ।न्युयोर्क,अमेरिकाको एउटा चर्च भित्र पसेर गोली प्रहार गरी ९ जनाको हत्या गर्ने अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।

त्याँहाको प्रहरीले नर्थ क्यारोलाइनाको व्यस्त सडकमा ट्राफिकजामको समयमा सम्भावित अभियुक्त २१ वर्षीय डाइलान रुफलाई पक्राउ गरेको हो । उनीमाथि घृणा अपराधसम्बन्धी मुद्दामा छानबिन र कारबाही थालिएको छ ।
ती गोरा युवकले अमेरिकाको साउथ क्यारोलाइनाको चाल्र्सटनस्थित एक अफ्रिकन–अमेरिकन चर्चमा अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जनाको ज्यान गएको थियो । १९औं शताब्दीमा बनेको यो चर्च अमेरिकी इतिहासमा सबैभन्दा पुरानो र ऐतिहासिक हो ।ती युवकले किन यस्तो अपराध गरे भन्ने कुरा पत्ता लगाउन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु