चक्रपथ बाहिर सिमेन्ट ब्लक उद्योग सञ्चालन गर्न सरकारको अनुमति

जेठ ३२। काठमाडौँ, भूकम्पपछिको पुनःनिर्माणलाई ध्यानमा राखी सरकारले घर तथा आवासस्थल निर्माणका लागि प्रयोग हुने सिमेन्ट ब्लक उत्पादन गर्न चक्रपथ बाहिर कारखाना स्थापना गर्न अनुमति दिने निर्णय गरेको छ ।

औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले पुनःनिर्माणलाई सहज बनाउन उक्त निर्णय गरेको हो ।

बोर्डका सदस्य महेश्वर न्यौपानेले सिमेन्ट ब्लक उत्पादनका लागि उद्योगी तथा व्यवसायीले चासो देखाएकाले सहज होस् भनेर उक्त निर्णय गरिएको जानकारी दिनुभयो ।

सो निर्णयपछि ‘प्रि फेब्रिकेटेड’ भवन संरचना र त्यसका लागि आवश्यक पर्ने सिमेन्ट ब्लक, स्टिल स्ट्रक्चर तथा मेटल प्यानललगायत सामग्री उत्पादन गर्न सहज हुने उहाँको भनाइ छ ।

यस्तै इँटा भट्टामा हाल प्रयोग भइरहेको प्रविधिको सट्टामा नयाँ प्रविधि जडान गर्न बोर्डले अनुमति दिएको छ । हाल भट्टामा फिक्स्ड चिम्नी, टनेल आदि सञ्चालनमा रहेको छ ।

त्यस्तै, सरकारले बालुवा–ढुङ्गालाई समेत सेवा उद्योगका रुपमा वर्गीकरण गरी दर्ता गर्ने निर्णय गरेको छ । उद्योग मन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले औद्योगिक वातावरण तयार पार्न तथा भूकम्पपछिको पुनःनिर्माणलाई सहयोग पु¥याउने उद्देश्यले उक्त निर्णय गरेको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु