जेठ ३० । काठमाडौं,आज बिहान सात बजेर तीन मीनेट जाँदा दोलखालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्पन गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको सिंगटीलाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरस्केलको पराकम्पन गएको हो ।
शुक्रबार पनि दुई पटक भूकम्पका पराकम्पन महशुस गरिएको थियो । बिहान एक बजेर २२ मीनेट जाँदा गोरखाको लाप्राक केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्पन गएको थियो भने बिहान १० बजेर १९ मीनेट जाँदा दोलखा भीमसेन मन्दिर नजिकै केन्द्र विन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्पन गएको थियो ।गत वैशाख १२ गते गएको ७.८ रेक्टर स्कलको भूकम्पपछि अहिले पनि भूकम्पका पराकम्पन आउने क्रम जारी रहेको छ ।








