जेठ २८ । चितवन,चितवनको विकट सिद्धी गाविसमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सिद्धी गाविसको वडा नम्बर २ बस्ने स्थानीय ४५ वर्षीय लोकबहादुर चेपाङको चट्याङ लागेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बुधबार राति हावाहुरीसहित वर्षा भएका बेला यहाँ चट्याङ परेको र सो क्रममा चट्याङ लागेर ४५ वर्षीय लोकबहादुरको घटनास्थलमै मृत्युभएको प्रहरीले जानकारी दिएको छ ।








