चौरमा बसिरहेकी युवतीमाथि सामुहीक बलात्कार

जेठ २७ । धरान, बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिस्ठानपरिसरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । सात आठजनाको समूहमा आएको युवाले सोमबार राति प्रेमीसँग रहेकी उनलाई खोसेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिष्ठानपरिसरको पश्चिमतर्फको चौरमा प्रेमीसँग बसिरहेकी धरान १७ की ती किशोरीलाई समूहले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मादक पदार्थ सेवन गरेका ती युवाले सँगै रहेका केटा साथीलाई निर्घात कुटपिट गरी भगाएको र किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालयले जनाएको छ । राति करिब साढे नौ बजेको समयमा समूहले किशोरीलाई चौरबाट नियन्त्रणमा लिएर जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । मुखमा पट्टी बाँधेको र आँखा पनि छोपेका कारण उनीहरुलाई चिन्न नसकेको पीडित किशोरीले बतएकी छन् । उनलाई अर्धचेत अवस्थामा भेटिएकी ती युवतीको अहिले उपचार भैरहेको छ । बलात्कारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

सम्बन्धित शिर्षकहरु