जेठ २५ । काठमाडौँ, भूकम्पपीडितको सहयोगका लागि नेदरल्याण्डस् सरकारले रु दुई अर्ब २६ करोडबराबरको सहयोग तत्काल उपलब्ध गराउने भएको छ ।
नेपालको भ्रमणमा रहनुभएकी नेदरल्याण्डस्की वैदेशिक व्यापार तथा विकास मन्त्री लिलियान प्लोउमेनले नेपाल रेडक्रस सोसाइटीमार्फत उक्त रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
उहाँले विगतको सहयोगलाई निरन्तरता दिँदै थप सहयोग गर्न आफ्नो मुलुक इच्छुक रहेको बताउँदै, “नेपालले चाहे अनुरुपको सहयोग गर्न नेदरल्याण्डस् तयार, सहयोगको सदुपयोग हुनेमा हामी विश्वस्त छौँ,” भन्नुभयो ।








