जेठ २४ । इस्तानबुल, टर्कीमा आइतबार आमनिर्वाचनको मतदान सुरु भएको समाचार छ । टर्कीको स्थानीय समयअनुसार आइतबार बिहान आठ बजेबाट मतदान सुरु भएको जनाइएको छ ।
टर्कीको संसदमा ५५० जना सांसदको व्यवस्था रहेको छ । उक्त स्थानका लागि टर्कीमा बिहानैदेखि मतदान सुरु भएको र मतदानका लागि ठूलो सङ्ख्याका लागि उत्साहका साथ सहभागी भइरहेको जनाइएको छ ।
प्रारम्भिक सर्वेक्षणहरुमा टर्कीको सत्तारुढ दल जस्टिस् एण्ड डेभलपमेन्ट पार्टी ९एकेपी० ले बहुमत हासिल गर्न सक्ने खालका अनुमानहरु सार्वजनिक गरिएका छन् ।
त्यसैले यस निर्वाचन टर्कीका वर्तमान राष्ट्रपति रिसिप ताएप एर्डोग्यानका लागि एक ऐतिहासिक परीक्षणका रुपमा रहेको बताइन्छ ।
एक हिसाबले हिंसाकै छायामा सो निर्वाचन सुरु भएको बताइएको छ । शुक्रबार नै निर्वाचनको प्रचारका क्रममा दुई जनाको हत्या भएको थियो ।








