जेठ २२ । काठमाडौं, एभिन्यूज टेलिभिजनको समाचार कक्षमा आज बिहान आगलागी हुँदा लाखौंको क्षति भएको छ । हाई भोल्टेजका कारण आगलागी भएको टेलिभिजनले जनाएको छ ।
आगलागीबाट समाचार कक्षमा रहेका कम्प्युटरलगायतका सामग्रीमा क्षति पुगेको छ । अागलागीबाट लाखाैंको क्षति भएको टेलिभिजनले जनाएको छ ।समाचार कक्षमा लागेको आगोलाई टेलिभिजनका कर्मचारीले नियन्त्रणमा लिएको कारण अरु कक्षमा क्षति हुन नपाएको उनीहरुले बताएका छन ।








