कक्षा १२ को परीक्षा आजबाट सुरु

जेठ  २० । काठमाडौँ, महाभूकम्पका कारण एक महिना पर धकेलिएको कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । भूकम्पबाट बढी प्रभावित ७ जिल्ला बाहेकका स्थानमा परीक्षा हुन लागेको हो । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुने छ ।

भूकम्पबाट बढी प्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी सात जिल्लामा भने केही समयपछि हुनेछ ।

यी जिल्लाबाहेक भूकम्पबाट परिवारका स दस्य गुमाएका तथा विशेष परिस्थितिमा गुज्रिएका विद्यार्थीले समेत प्रमाणका आधारमा पछि परीक्षा दिन पाउने छन् । त्यसैगरी कक्षा ११ को परीक्षा असार १ गतेबाट हुनेछ ।

सम्बन्धित शिर्षकहरु