प्रधानमन्त्री कोइराला दोलखामा

बैशाख ३१ ।काठमाडौं,दोस्रो पटक गएको भूकम्पको झट्काले सबैभन्दा ठूलो क्षति भएको दोलखा अनुगमनको लागि प्रधानमन्त्री सुशील कोइराला त्यहा पुग्नु भएको छ । भूकम्पले पुगेको धनजनको क्षति अवस्था बुझ्न प्रधानमन्त्री कोइराला बिहान दोलखा जानु भएको हो । प्रधानमन्त्रीसँगै दलका नेताहरु पनि रहेका छन् । दोलखामा भएको क्षतिको अवलोकनपछि स्थानिय प्रशासनसँग छलफल गर्ने प्रधानमन्त्रीका प्रैस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु