गुडिरहेको ट्याक्सीमा ढुंगा खस्दा दुई जना घाइते

वैशाख २९ । स्याङ्जा, आज मध्यान्ह गएको भूकम्पले स्याङ्जामा गूड्दै गरेको ट्याग्सीमा ढुङ्गा खस्दा दुईजना गम्भीर घाइते भएका छन् ।

स्याङ्जाको वालिङबाट पोखरा जाँदै गरेको ट्याक्सीमा पुतलीबजार नगरपालिका ७ भालु पहाडको भीरबाट ढुँगा खसेर लागेपछि दुईजना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेहरुमा वालिङ नगरपालिका-८ बस्ने बर्ष ३६ का ख्यामप्रसाद काफ्ले र बर्ष २३ की अनु गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भालुपहाडको भीरबाट ढुंगा खसेपछि अर्का एकजना भाग्न सफल भएको प्रहरीले जनाएको छ । तर, ट्याक्सी नम्बर भने खुल्न सकेको छैन ।

ट्याक्सीमा ढुंगा खसिसकेपछि आगो निस्किएर ट्याक्सीसमेत जलेर एकै डल्लो भएको छ । घाइते भएकाहरुलाई पाल्पा अस्पतालमा लगिएको छ ।

सम्बन्धित शिर्षकहरु