वैशाख २९ । काठमाडौं, मंगलबार दिउँसो एक्कासी भूकम्पको ठुलो भूकम्प गएपछि व्यवस्थापिका संसदको बैठकमा सभासदहरु भागाभाग गएका छन ।
संसद बैठकमा भूकम्प प्रभावितलाई राहतसम्वन्धी साझा संकल्प प्रस्तावमाथि छलफल भइरहेका बेला ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।बैठकमा एमाले उपमहासचिव विष्णु पौडेलले सम्बोधन गरेकै बेला भूकम्प गएको थियो । भूकम्प पछि भवन हल्लिएपछि सभासदहरु बैठक कक्ष छाडेर बाहिर निस्किएका छन्








