वैशाख २५ ।काठमाडौँ,दोलखा र सिन्धुपाल्चोक सिमानालाई केन्द्रविन्दु बनाएर आज बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः१७ बजे भूकम्प गएको हो ।त्यसैगरी सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहान ८ः१९ मा ४ः२ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् रत्नमणि गुप्ताले जानकारी दिनुभयो ।
गएराति २ः१९ बजे पनि सिन्धुपाल्चोकलाई केन्दविन्दु बनाएर ४ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।








