नागरिक लगानी कोषबाट भूकम्प पीडितलाई एक करोड सहयोग गर्ने

वैशाख २४ । काठमाडौ,नागरिक लगानी कोषले विनाशकारी महाभूकम्पबाट भएको धन जनको क्षती, भौतिक संरचनाहरुको मर्मत तथा पुर्ननिर्माणको लागि एक करोड सहयोग गर्ने भएको छ । कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा एक करोड रुपैया जम्मा गर्ने निर्णय गरेको हो । कोषको बुधबार बसेको संचालक समितिको बैकठले उक्त रकम दिने निर्णय गरेको सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिनु भयो ।

उहाले भूकम्प पीडितहरुकोे उद्वार, उपचार, राहत, पुर्नस्थापना तथा मुुलुकमा पुगेको अकल्पनिय क्षतिको पुर्ननिर्माण तथा राहत कार्यक्रमको लागि सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले यो रकम जम्मा गरिएको सिलवालले जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु