विपतलाई सम्बोधन गर्ने सङ्कल्प प्रस्तावबारे सत्ता साझेदार दलबीच छलफल

बैशाख २४ । काठमाडौँ, राष्ट्रिय विपतलाई सम्बोधन गर्ने गरी सङ्कल्प प्रस्ताव तयार गर्नेबारे प्रमुख तीन दलबीच सहमति भएपछि सत्ता साझेदार दलबीच यस बिषयमा छलफल भएको छ । प्रस्तुत हुने सङ्कल्प प्रस्तावमा के-कस्ता विषय समेट्ने भन्नेबारे सत्ता साझेदार दलबीच छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको बैठकमा भूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको घडीमा जनसहयोग तथा पुनःस्थापनाको साथै भौतिक संरचनाको पुनःनिर्माणको कार्यलाई कसरी अघि बढाउने भन्नेबारे कुराकानी भएको थियो ।राष्ट्रिय विपत्लाई सम्बोधन गर्ने गरी सङ्कल्प प्रस्ताव तयार गर्नेबारे हिजो प्रमुख तीन दलबीच सहमति भएपछि सत्ता साझेदार दलबीच छलफल भएको हो ।
यद्यपि, भोलिको बैठकमा पूर्वसभासद् चक्रबहादुर ठकुरीको श्रद्धाञ्जलिमा शोक प्रस्ताव पारित गरिने भएकाले सङ्कल्प प्रस्ताव पेस नहुने भएको छ । सङ्कल्प प्रस्ताव शुक्रबार बस्ने बैठकमा प्रस्तुत हुनेछ ।बैठकमा सहभागी नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भूकम्पबाट धेरै जनधनको क्षति भएकाले राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यलाई समेट्ने गरी सङ्कल्प प्रस्ताव तयार गर्नेबारे छलफल भएको जानकारी दिनुभयो ।
नेता देउवाले सङ्कल्प प्रस्तावबारे भोलि बिहान पुनः छलफल गरी सबै पार्टी एकताबद्ध भएर प्रस्ताव लैजाने बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु