भुकम्पले भत्किएको घरले पुरिएका पत्रकार बम्जनको शव फेला

suman-bamjanबैशाख १९ ।काठमाडौँ, बैशाख १२ गते मध्यान्ह ११ः५५ बजे आएको बिनाशकारी भुकम्पमा महाबौद्ध स्थित घर भत्कदा पुरिएर मृत्यु भएका पत्रकार महासंघको केन्द्रीय सदस्य सुमन बम्जनको शव फेला परेको छ।महाबौद्ध स्थित जुस गल्लीको पाँचतले घर भत्कीदा उहा पुरिनु भएको थियो । लामो समयको प्रयासपछि शनिबार ११.३० बजे नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली र नेपाली सेनाको टोलीले शव निकाल्न सफल भएको छ ।

त्यस्तै बैशाख १२ गते मध्यान्ह ११ः५५ बजे आएको बिनाशकारी भुकम्पमा यसैगरी गोगंबु–६ गाणेशस्थान स्थित गण्डकी सपिङ सेन्टरको क्षतिग्रस्त पाँचौतलाको भूईतलामा च्यापिएकी गोरखा च्याली–३४ बस्ने कुमारी गुरुङको शव नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली र भारतीय उद्धार दलको संयुक्त टोलीले निकाल्न सफल भएको छ । संयुक्त टोलीले शुक्रबार साँझ घरको ढलान काटेर १८ घण्टाको प्रयासमा उनको शव निकाल्न सफल भएको हो ।

सम्बन्धित शिर्षकहरु