साँखुमा पुरिएकी एक महिलाको उद्धार

वैशाख १९ ।काठमाडौँ,काठमाण्डौको साँखु स्थित भूकम्पले भत्किएको आफ्नो घरभित्र बिहान सामान लिन जाने क्रममा आज पुरिएकी एक महिलाको तत्काल उद्धार गरिएको छ ।विनाशकारी भूकम्पले क्षति भएको घरभित्र सामान लिन जाँदा पुरिएकी शङ्खरापुर नगरपालिका–११ साँखु शाल्खा टोलकी ४५ वर्षीया माया विष्टलाई सशस्त्र प्रहरी बलको सर्च एन्ड रेस्क्यु टोलीले जीवितै उद्धार गरेको भूकम्पपीडित स्थानीयवासी पवनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान करिब ८ बजेतिर पुरिएकी ती महिलालाई १० मिनेटमै उद्धार गरिएको श्रेष्ठको भनाइ छ । शरीरका विभिन्न भागमा चोटपटक लागेकी विष्टको मलेसियाली स्वास्थ्य शिविरमा उपचार गरिएको छ ।

सम्बन्धित शिर्षकहरु