जेठ १३ ।काठमाडौँ, भूकम्पपीडितको सहायताका लागि सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु चार अर्ब एक करोड ६६ लाख ९३ हजार ७३५ सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार उक्त कोषमा मंगलबार मात्र रु दुई करोड ९१ लाख ३९ हजार ७५८ जम्मा भएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली तथा व्यावसायिक प्रतिष्ठान र विदेशस्थित नेपाली नियोग गरी १८ वटा संस्थाबाट आज उक्त कोषमा जम्मा त्यति रकम जम्मा भएको हो । कोषमा सहायता रकम प्राप्त हुने क्रम आज पनि जारी रहेको उक्त कार्यालयले जनाएको छ ।








