भूकम्पपछि गएको पहिरोमा परी रसुवामा ५ सय २५ जना वेपत्ता

जेठ १२ । नुवाकोट, भूकम्पपछि गएको पहिरोमा पारी रसुवामा ५ सय २५ जना मानिस वेपता भएका छन ।वैशाख १२ गतेको भूकम्पले यस जिल्लाका यति संख्यामा मानिसहरु बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवामा मात्र अहिलेसम्म ५ सय ८१ जनाको मृत्यु भइसकेको छ । रसुवा जिल्लाभर यीमध्ये अधिकांश भूकम्पका कारण गएको पहिरोमा पुरिएका थिए।
प्रहरीका अनुसार बेपत्तामध्ये एक सय जना पर्यटक गाइड तथा भरिया, २ सय ५० पर्यटक, एक सय ५० स्थानीय र मैलुङस्थित त्रिशुली-१ जलविद्युत आयोजनामा कार्यरत २२ जना मजदुर छन् । त्यसबाहेक हराइरहेकामध्ये धेरैजना लाङटाङमा गएको पहिरोमा पुरिएका छन ।
पहिरोको दलदल र माथिबाट निरन्तर बगिरहेको हिमपहिरोले पुरिएकाको खोजी र उत्खनन्मा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । लाङटाङकै अर्को बस्ती क्यान्जिङमा पनि हिमपहिरो खस्ने क्रम सुरु भएको छ ।

सम्बन्धित शिर्षकहरु