भूकम्प पीडितहरुको मानसिक स्वास्थ्यलाई ध्यानदिनु पर्ने अष्ट्रेलियन स्वास्थ्यकर्मीको भनाई

जेठ ९ । काठमाडौ,अष्ट्रेलियाबाट नेपाल आएका स्वास्थ्यकर्मीले भूकम्प प्रभावित क्षेत्रहरुका बालबालिकादेखि वृद्धासम्म नै मानसिक तनाव मुख्य समस्याको रुपमा देखिएको बताएका छन । उनीहरुले भूकम्प प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्यको समस्या जटिल रहेको बताएका छन् ।

अष्ट्रेलियाबाट रोटरी क्लवको समन्वयमा नेपाल आएका स्वास्थ्यकर्मी भरत नेपालले भूकम्प प्रभावित क्षेत्रका मानिसका मानसिक तनाव नै मुख्य समस्याको रुपमा देखिएको जानकारी दिनु भयो । अष्ट्रेलियाको सिड्नीस्थित साउथ वेष्टर्न सिड्नी लोकल हेल्थ डिष्ट्रिक्टको डिभिजन अफ पपुलेसन हेल्थ एण्ड प्लानिङमा कार्यरत नेपालले रोटरी क्लवकै तर्फबाट नुवाकोट, काभ्रे, भक्तपुर तथा काठमाडौका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।भूकम्पको पराकम्पन अझै नरोकिएको अवस्थामा भूकम्पले घर भत्किएर र पराकम्पनको त्रासदीले खुला चौरमा त्रिपालमुनी बसेकाहरु पनि भूकम्पको झड्का आउँदा भाग्ने गरेका छन् । त्रिपालमुनी बसेका मान्छेहरु भूकम्प आउँदा भाग्ने कारण मानसिक तनावकै असर रहेको नेपालले बताउनु भयो । मानसिक रोगलाई कोही पनि नेपालीले स्वीकार्न नसकेको भन्दै उहाले अष्ट्रेलिया पुगेका नेपालीले समेत मानसिक समस्या लुकाउने गरेको खुलासा गर्नु भयो । भूकम्पको मुख्य प्रभावित क्षेत्रहरुमा पीटीएसडी (पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर) अभियान चलाउनु आवश्यक रहेको चिकित्सकहरुले सल्लाह दिएका छन । पीटीएसडी तालिम खासगरी युद्धबाट फर्किएकाहरुलाई दिइने परामर्श हो ।भूकम्प प्रभावितहरुलाई सामान्यीकरण गर्न पनि यस्तो तालिम आवश्यक रहेको स्वास्थ्यकर्मी नेपालले बताउनु भयो । अष्ट्रेलिया लगायतका कतिपय देशहरुमा ‘ड्राइभर्सन अफ थेरापी’ कोर्ष कलेजहरुमा कोर्ष नै हुने गरेको छ ।

सम्बन्धित शिर्षकहरु