भूकम्पबाट मर्नेको संख्या ८ हजार ६५०

जेठ ९ । काठमाडौं, गत वैशाख १२ र २९ गते आएको भूकम्प तथा यसका पराकम्पनबाट मृत्यु हुनेको संख्या ८ हजार ६५० पुगेको छ । त्यसैगरी भूकम्पको कारण २२ हजार ४० जना घाइते भएका छन् । शनिबार बिहान सम्म उपलब्ध भएको विवरण अनुसार भूकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौं उपत्यकामा १ हजार ७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्य पश्चिम क्षेत्रमा २ जना छन् । घाइते हुनेहरुमा काठमाडौं उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा ७ हजार २३३, पश्चिम क्षेत्रमा १ हजार ३३२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा २ जना छन् ।

मृतक ८ हजार ६१२ जनाको शव आफन्तलाई बुझाइसकिएको छ भने घाइतेमध्ये ५ हजार ३०७ जना विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैगरी हालसम्म २३० नेपाली र ८९ विदेशी नागरिक बेपत्ता भएका छन् ।

सम्बन्धित शिर्षकहरु