पहिरोले दोलखाका १७ गाविसमा यातायात अवरुद्ध

जेठ ३ । काठमाडौ, भूकम्पपछि लगातार पहिरो खसिरहेको कारण दोलखाका १७ वटा गाविसमा यातायात अवरुद्ध बनेको छ । पैदलमार्गसमेत पहिरोले पुरिएका कारण हिड्नसमेत मुश्किल छ । गत १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनका कारण पहिरोपछि उत्तरी क्षेत्रका १७ गाविसलाई जोड्ने सडक र पैदलमार्ग अवरुद्ध रहेको दोलखा प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले नेपाली सेनाको हेलिकोप्टरबाट ती स्थानमा राहत वितरण र उद्धार गरिरहेको छ । ती गाविसका सचिव र सरकारी कर्मचारीसमेत हेलिकोप्टरमार्फत नै पुर्याउने गरिएको छ ।

दोलखा सदरमुकाम, चरिकोटबाट ३९ किलोमिटर दूरीमा रहेको सिँगटी गाविस उत्तरी भेगका २२ गाविसको केन्द्र हो । सिँगटीबाट लामाबगर जोड्ने तामोकोसी सडकका तीन ठाउँमा भीर नै खसेकोले समस्या बढेको हो ।

सम्बन्धित शिर्षकहरु