भूकम्पबाट उपत्यकामा ५० बालगृहमा क्षति

जेठ २ ।काठमाडौ, भूकम्पका कारण काठमाडौ उपत्यकाका ५० भन्दा बढी बालगृहमा क्षति पुगेको छ । यी बालगृहहरु बस्नै नहुने गरी चर्किएको कारण त्यसमा रहेका झन्डै हजारभन्दा बढी अनाथ तथा अभिभावकविहीन बालबालिका प्रभावित भएका छन् ।
वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनले उनीहरू बसेको घर बस्नै नहुने भएपछि उनीहरू प्रभावित भएका हुन् ।
भूकम्पका कारण नक्सालस्थित बाल मन्दिर भत्किएको छ । बाल मन्दिरमा रहेका अनाथ तथा असहाय बालबालिलाई बालमन्दिरकै अन्य भवनमा सारिएको छ । बाल मन्दिरमा १५० बालबालिका छन् ।
त्यस्तै उपत्यकाका भरोसा नेपालका ओसिसिडी नेपाल, कोपिला होम, दर्शन बालगृह, फ्युचर होप बालगृह, सुशीला संरक्षण, अप्रेस नेपाल, फेथ फाउन्डेसन, द्वन्द्व पीडित, ओमेन एण्ड चिल्डे«न सर्भिस नेपाललगायत बालगृहका एक हजारभन्दा बढी बालबालिका पीडित भएका छन् ।
ती बालगृहमा रहेको बालबालिकालाई राजधानीका विभिन्न खुल्ला स्थानमा राखिएको छ ।
यसैबीच बालगृहरूको महासङ्घ नेपाल र बालबालिकाको निम्ति गैर सरकारी संस्थाहरूको महासङ्घ नेपालले संयुक्तरुपमा उपत्यकाका क्षतिग्रस्त बालगृललाई ७५ हजारका दरले नगद सहयोग गरेका छन् ।

सम्बन्धित शिर्षकहरु