भूकम्पको कारण नवलपरासीमा १ को मृत्यु

जेठ २ । नवलपरासी,भूकम्पको झडका आएका बेला भागदौड हुँदा हृदयघात भएर नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।शुक्रबार विहान धादिङलाई केन्द्रविन्दु बनाएर आएको भुकम्पपछि यो घटना भएको हो ।

नवलपरासीको देउराली ४ बेलहानी निवासी ६२ वर्षीय गणेशबहादुर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

हृदयघात भइ बेहोस भएका श्रेष्ठलाई उपचारका लागि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि लाँदा अस्पतालले मृत घोषणा गरेको थियो ।यसअघि गत वैशाख १२ गतेको भूकम्पले नवलपरासीको रुचाङ २ मा एक महिलाको मृत्यु भएको थियो ।

योसहित नवलपरासीमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

सम्बन्धित शिर्षकहरु