बैशाख ८ ।कावासोती, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँफै ठूलो पार्टी हुँदा पनि संविधान बनाउने काम नगरेको एमाओवादीले संविधान बनाउने भन्दै गरेको अबको आन्दोलन व्यर्थ रहेको बताउनु भएको छ ।मदन भण्डारी स्पोटर्स एकेडेमीद्वरा कावासोतीमा सोमबार आयोजित पिपुल कन्सर्टको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रश्न गर्नु भयो, माओवादीको आन्दोलन संविधान बनाउन कि, के का लागि ?”
उहाले विपक्षी दलहरुकै कारण प्रक्रियाबिना संविधान बन्न नसक्ने दावी गर्नु भयो । अध्यक्ष ओलीले भन्नुभयो, “सहमतिमा अगाडि बढ्छौँ र सहमति हुन बाँकी विषयमा आगामी दिनमा सहमति गर्दै जान्छौ ।”माओवादीले दुई प्रधानमन्त्री बनाउँदासमेत संविधान निर्माण गर्न नसकेको ओलीको आरोप थियो । उहाले एमाले अब सबै प्रकारका असमानताको विभेद अन्त्य गर्दै संविधान निर्माणमा लाग्ने बताउनु भयो ।








