बैंकको पत्रकार सम्मेलनमा महिलाले यस्तो ताण्डव मच्चाइन्

frankfurt-pic-3जर्मनीको फ्रेंकफर्टमा युरोपियन सेन्ट्रल बैंक (ईसीबी) को अध्यक्ष मारियो द्राघी बुधबार बैंकको नयाँ योजना सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिरहेका थिए ।

यसैबीच एक जना महिला दौड्दै आएर उनको टेबुलमा चढिन् । उहाँ राखिएका कागज च्यातभूत पारिन र फ्याँकिन् । उनले कालो रंगको टी–शर्ट लगाएकी थिइन् । जसमा लेखिएको थियो–एण्ड इसीबी डिक्टेटरशिप, अर्थात इसीबीको तानाशाहीपन बन्द गर ।
महिला गत महिना बैंकको नीतिको विरोध गर्दा पक्राउ गरिएका ३५० जनाको समर्थन गरिरहेकी थिइन् । हजारौले बैंकले ग्रीससहित केही देशलाई पैसा दिएकोमा विरोध गरिरहेका थिए।
प्रदर्शनकारीहरुका अनुसार उक्त पैसाको उपयोग देशबासीका लागि गर्नु आवश्यक छ। ताकि देशबासीले रोजगारी पाउन सकुन् । उनीहरुको गरिबी हटोस् । उक्त प्रदर्शन गत मार्चमा भएको थियो । प्रदर्शनकारीले बैंकको केन्द्रीय कार्यालय अगाडि प्रहरीको गाडीसमेत जलाएका थिए । एजेन्सी

सम्बन्धित शिर्षकहरु