कोरियाली भाषा परीक्षा (ईपीएस)को आवेदन खुल्यो

बैशाख ३ ।काठमाडौ,कोरियामा काम गर्न जान चाहनेहरुको लागि आजदेखि कोरियाली भाषा परीक्षा (ईपीएस)को आवेदन खुला गरिएको छ ।देशभरका विभिन्न ठाउँमा बिहान ८ देखि साँझ ५ बजेसम्म फाराम बुझाउने समय तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा नेपाल वेद विद्या संस्कृत मावि गौशाखा, काठमाडौं भ्याली उच्चमावि महाराजगन्ज, ल्याबरोटरी उच्चमावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल फुटबल खेल मैदान बालकुमारीमा फाराम बुझाउन सकिनेछ ।

उपत्यकाबाहिर भने धरान नगरपालिकाको सभागृह, जनकपुर चुरोट कारखाना, बुटवल प्रदर्शनी मण्डप, पोखरा विन्ध्यावासिनी उच्चमावि र डडेल्धुराको अमरगढी नगरपालिकामा रहेको कर्मचारी मिलन केन्द्रमा फाराउन व्यवस्था गरिएको ईपिएले बताएको छ ।
फाराम बुझाउने म्याद बैशाख ६ गतेसम्म छ । इपीएस भाषा परीक्षा भने आगामी जेठ ३० र ३१ गते हुने छ ।

सम्बन्धित शिर्षकहरु