बैशाख २ । लिबिया, लिबियाको समुद्री तटमा एउटा डुंगा डुब्दा त्यसमा सवार ४ सय बढी मनिस वेपत्ता भएका छन ।
डुंगा दुर्घटनामा बचेका यात्रीले उक्त जानकारी दिएको सेभ द चिल्ड्रेनले जनाएको छ। इटालीको तट रक्षक बलले सोमबार १४४ जनालाई बचाएको थियो । अन्यको खोजीमा समुद्रका साथसाथै हवाई अभियान पनि सुरु गरिएको जनाइएको छ।जीवित बचाएकामा युवाहरुका साथै बालबालिकासमेत रहेको सेभ द चिल्ड्रेनले जनाएको छ।








