साथीको घरमा आएका अस्ट्रेलियाली नागरिकको मृत्यु

वैशाख १ ।जिरी, जिरी नगरपालिका–४ चित्रे गाउँमा नेपाली साथीको घरमा आएका एक अस्ट्रेलियाली नागरिकको मृत्‍यु भएको छ ।
जिरी नगरपालिका–४ का शम्भुप्रसाद न्यौपानेको घरमा आउनु भएका ७६ वर्षीय एडी हुबेरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्ना साथी न्यौपानेका लागि जिरीको चित्रे गाउँमा घर बनाउने काममा सघाउँदै आएका हुबेर चैत २८ गते जिरी आउनु भएको थियो ।हुबेर यो पटक सम्म गरेर हुबेर चौथो पटक जिरी आउनु भएको थियो । हुबेर यस पटक एक महिना बस्नको लागि जिरी आउनु भएको थियो ।
सोमबार बेलुका खाना खाएर सुत्नु भएका हुबेर अबेरसम्म नउठेपछि शम्भु र उहाका छिमेकी वाङ्दे शेर्पाले ढोका खोलेर हेरेका थिए । इलाका प्रहरी कार्यालय जिरीले दिएको जानकारी अनुसार हुबेरको शव पोस्टमार्टमको लागि काठमाण्डौ लगिने तयारी भएको छ ।

सम्बन्धित शिर्षकहरु