काशीगाउँमा फैलिएको पखाला नियन्त्रणमा आयो

वैशाख १ ।गोरखाबजार,उत्तरी गोरखाको काशीगाउँ-१ र २ का १० बालबालिकामा फैलिएको पखाला नियन्त्रणमा आएको छ । यस गाँउमा एक हप्ताअघि देखिएको पखाला नियन्त्रणमा आइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटका वरिष्ठ अहेव विजयकुमार श्रेष्ठको टोली काशीगाउँ पुगेर बिरामीहरुको उपचार गरेर फर्किसकेका छन ।
पखाला लागेर ग्रसित भएका यस गाउँकी किसा घलेको ११ महिने छोरा अभिषेकको गत चैत २६ गते उपचारका क्रममा निधन भएको थियो । सुरुको चरणमा १० बालबालिकामा पखाला देखिएको थियो । सदरमुकामदेखि २० कोसको दूरीमा काशीगाउँ पर्छ ।

सम्बन्धित शिर्षकहरु