आम सहमतिमा संविधान बन्न सक्दैन :मन्त्री पराजुली

Hari-Parajuliचैत २९ ।कञ्चनपुर,कृषिमन्त्री हरि पराजुलीले आम सहमतिमा संविधान बन्न नसक्ने भन्दै त्यसमा दलहरुबीच अधिकतम विषयमा सहमति हुनुपर्ने बताउनु भएको छ ।प्रेस चौतारी कञ्चनपुरले आज बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले सरकारले जेठ १५ भित्रै नयाँ संविधानको पहिलो मस्यौदा ल्याएर छिट्टै संविधान जारी गर्ने दोहोर्याउनु भयो ।
उहाँले एमाओवादीको एकल जातीय पहिचानको अडानका कारणले पनि दलहरुबीच राज्य पुनःसंरचनामा सहमति हुन नसकेकाले संविधान निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो ।
उहाँले कृषि मन्त्रालयले आगामी तीन वर्षभित्रै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका लागि योजना अघि सारेको बताउनुभयो ।मन्त्री पराजुलीले
कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले कृषि क्षेत्रमा अनुदानका लागिसमेत कार्य योजना अघि सारेको जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु