प्रहरी देखेर भाग्दा लडेर एक जनाको मृत्‍यु

चैत २९ ।काठमाडौ, प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा कोटेश्वरको सहयोगीनगर स्थित तीन तलाबाट खसेर एकजनाको मृत्यू भएको छ । जुवा खेलाएको आरोपमा पक्रन आएका प्रहरीसँग भागदा तीन तलाबाट खसेर झपटबहादुर शाहीको मृत्यु भएको छ।
शाही अवकाशप्राप्त सरकारी कर्मचारी समेत रहेका शाहीले आफ्नै घरमा जुवा खेलाइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले शनिबार दिउँसो छापा हानेको थियो । पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि उनी झ्यालबाट भाग्न खोज्दा चिप्लिएर उहा लडेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जुवा खेलिरहेको अवस्थामा अन्य १२ जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।दुई खाल बनाएर जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका महानगरीय प्रहरी वृत्त बानेश्वरका इन्स्पेक्टर मञ्जित कुँवरले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा एकनाथ चौलागाईं, द्रोणविक्रम थापा, जगत आचार्य, ढकबहादुर धमला, नारायणप्रसाद धमला छन् । त्यस्तै, प्रवीण कार्की, जगत खड्का, चन्द्र कार्की, मनोज भट्टराई, भोला गेलाल, देवी ओली र चिन्तामणि गौतम पनि पक्राउ परेका छन् ।

सम्बन्धित शिर्षकहरु