चैत २६ ।काठमाडौ, नेपाल भ्रमणमा रहेको युरोपेली संसदीय टोलीले आज एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेटेर नेपालको शान्ति प्रकृया र संविधान निर्माणको बारेमा चासो व्यक्त्त गरेका छन । दुई दिनअघि नेपाल आएका बेलायतको ग्रीन पार्टीकी सांसद जीन ल्याम्बर्टको अध्यक्षतामा रहेको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रचन्डको निवास लाजिम्पाटमा पुगेर आज उहालाई भेटेका थिए ।मौसम परिवर्तन, नेपाल सरकारले अपनाएको विकासको मोडालिटी र त्यसमा विपक्षीको धारणा र नयाँ संविधानमा शासकीय स्वरुप लगायत विषयमा संसदीय टोलीले चासो व्यक्त गरेको भेटपछि अध्यक्ष प्रचण्डले जानकारी दिनुभएको छ ।
जवाफमा प्रचण्डले सहमतिकै लागि ३० दलीय मोर्चाले बन्दको कार्यक्रम फिर्ता लिएको बताउनु भएको थियो । संविधान निमार्णका क्रममा मुख्य त संघीयताकै सवालमा कुरा नमिलेको बताउँदै प्रचण्डले सत्तारुढ दलले सहमति भन्दा बहुमतीय प्रकृयामा जोड दिएको बताउनु भएको छ।प्रतिनिधिमण्डलका अन्य सदस्यमा क्रिस्टियन ड्यान प्रेडा, अफजल खान, थोमस म्यान रहेका छन् ।जिन ल्याम्बर्टले यस अघि पनि नेपालका माओवादीहरुसँग यूरोपियन यूनियनको नेतृत्व गर्दै भेटघाट गर्नुभएको थियो ।








